समाचार

महानगर स्तम्भको शिलान्यास

भरतपुर । भरतपुर महानगरपालिकाले पर्यटन वर्ष–२०२० लाई लक्षित गरी नारायणी नदीकिनारमा निर्माण गर्न लागेको महानगर स्तम्भको मंगलबार शिलान्यास गरिएको छ । स्तम्भको महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । महानगर र निजी क्षेत्रको ५०/५० प्रतिशत लगानीमा निर्माण हुने स्तम्भ पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

निजी क्षेत्रमा उद्योग वाणिज्य संघ–चितवन, चितवन उद्योग संघ, रोटरी क्लब, पाँच टोल विकास संस्था र होटल व्यवसायीहरु रहेका छन् । तीन कठ्ठामा निर्माण हुने ४६ फिट अग्लो सीमा स्तम्भ निर्माण गर्न तीन करोड लाग्ने अनुमान गरिएको छ ।

‘नदीको पानीबाट बचाउन जमिनको सतहबाट ६ फिटको उचाइमा प्याराफिट हुन्छ, त्यसमाथि २० फिटमा स्तम्भ बन्छ’, स्तम्भ निर्माण उपसमितिका संयोजक दिनेशकुमार चुकेले भने, ‘करिब २४ फिटको बाघको मूर्ति हुन्छ, बाघले मुखबाट नारायणीमा पानी फालेको जस्तो देखिने हुन्छ ।’ स्तम्भ निर्माणमा ९९ लाख रूपैयाँ लाग्ने उनले बताए । दुई करोड बढी रूपैयाँले स्तम्भमुनि पार्क निर्माण गरिने उनले जानकारी दिए । पार्क निर्माण गर्न अहिले बजेटको व्यवस्था भइनसकेकाले अर्को वर्षमात्रै हुने उनले बताए ।

सम्बन्धितसमाचार
३ नं प्रदेश सरकारद्वारा पर्यटन दशक घोषणा : भ्रमण वर्षको औपचारिक शुभारम्भ
भ्रमण वर्षको पहिलो दिन : चितवनमा ३०१ पर्यटक भित्रिए
नेपाल भ्रमण वर्ष–२०२० सुरू : विमानस्थलमा बाजागाजासहित पर्यटकलाई स्वागत

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले पर्यटन बर्षमा पर्यटकहरुलाई आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छूटको घोषणा गरे । होटल व्यवसायी संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघमा आबद्ध व्यवसायीहरुले मात्रै यस्तो सुविधा दिनेछन् । व्यवसायीहरुले छूटको स्टिकर आफ्नो व्यवसाय स्थलमा टाँस्ने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *