समाचार
कृष्ण वलिले हात हालेपछि रुपालाई अँगालो हाल्दै नेपालको झण्डा फहराए ! कृष्णले ८० लाखको यस्तो हात हाले
आज फेरी खुशीको आँशु झर्यो । युटुब च्यानल ‘नयाँ नयाँ न्युज नेपाल’ सुरु गरेदेखिको आजको दिन सबैभन्दा यादगार र हर्षपुर्ण दिन रह्यो । करेन्टका कारण दुवै हात र एक खुट्टा गुमाएका कृष्ण वलि मुम्बईबाट कृत्रिम हात र खुट्टा हालेर स्वदेश फर्किए । अहिले उनी मज्जाले हिड्न सक्छन्, हातले धेरै काम गर्न सक्छन् । तपाई सबै सहयोगीहरुको साथ र रुपा पुलामी मगर वलिको कृष्णप्रतिको अटुट मायाले आज यो दिन देख्न पाईयो । सबै सहयोगीहरुलाई शिर निहुराएर सम्मान ।
सबैको सहयोगले आफुले पाएको नयां जिन्दगीमा कृष्ण सामाजिक अभियन्ताको रुपमा उदाउन चाहन्छन् । आफ्नो जस्तो पिडा कसैले भोग्नु नपरोस..हात खुट्टा जोडिएपछि सबैलाई करेन्ट सम्बन्धी जनचेतना फैलाउन चाहन्छन् । कृष्ण वलिको पहिलो भिडियोको याद ताजै छ। रुपा धेरै रोएकी थिईन् । कृष्णले आफ्नो आंशु लुकाए भक्कानिएका थिए, अनि हजुरआमा पनि रुनु भएको थियो । तर हामी मिडियामा कोहि दुखी, पिडत र समस्यामा परेकाको सारथी बन्ने सके दुकेहि समयमै यस्तो परिवर्तन आउने रहेछ । यो अर्को उदाहरण बन्यो अहिले कृष्णको परिवार सबैको साथले कृष्णको हात र खुट्टा जोडिएपछि खुशीले दँग छन् ।


