समाचार
सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण बर्ष २०२० शुभारम्भ
धनगढी : सुदूरपश्चिम प्रदेशमा पनि भ्रमण बर्ष २०२० धनगढीबाट सुरु शुभारम्भ भएको छ । प्रदेशका विभिन्न स्थानीय निकायहरुले पनि छुट्टाछुट्टै रुपमा भ्रमण बर्षको शुभारम्भ गरिरहेका छन् ।
धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह अहिले चलिरहेको छ।
मुख्य समारोह अघि प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । त्यसअघि धनगढीको ट्राफिक चौराहबाट ¥याली समेत निकालिएको थियो।




