समाचार

विराटनगर सिंघीया खोलाको पुलमुनी मृत शिशु फेला

माेरङ /  विराटनगर महानगरपालिका –८ स्थित सिंघीया खोलाको पुलमुनी मृत अवस्थामा नवजात शिशु भेटिएको छ ।  पक्की पुलमुनी ओढ्ने कपडाले छोपेको शवस्थामा शिशुको शव भेटेपछि स्थानीयले सोमबार दिउँसो प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । शिशु कसको हो भन्ने बारेमा खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए । अवैध सम्बन्धबाट जन्मिएपछि त्यहाँ ल्याएर फ्यालेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । गरिएको उनको भनाइ छ । शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको बताउँदै राईले शिशु फ्याल्नेको खोजतलास भइरहेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *