समाचार

मकवानपुरको जंगलमा आगोको ठूलो मुस्लो, सुरक्षा टोली सर्च अपरेसनमा

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार बिहान आगोको मुस्लो देखिएको छ। बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमानाको जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन्।

आगोको मुस्लो देखिएको ठाउँ मानव बस्तीदेखि टाढा भएकाले के भएक हो भन्नेबारे थाहा भएको छैन। स्थानीयले आगोको मुस्लो देखेपछि जहाजसम्बन्धी केही घटना भएको हो किन भन्ने आशंका गरेका थिए। तर अहिलेसम्म कतैबाट यसको पुष्टि भएको छैन।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बतासे डाँडामा आगोको ठूलो मुस्लो देखिएपछि लेन डाँडामा रहेको सैनिक पोष्टबाट एउटा टोली सर्च अपरेसनमा खटिएको बताए। उनले भने,’ त्यहाँ के भएको हो एकिन हुन सकेको छैन।’

आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटनाको आशंका गरेका थिए। तर,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल टावरले भने कुनै पनि जहाज र हेलिकप्टर सम्पर्कविहीन नरहेको जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *