समाचार

सुनचाँदीको मूल्य घट्यो हर्नुहोस् आज कति ?

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। विवाहको सिजन सुरु भइसक्दा सुनको मूल्यमा केही गिरावट आइरहेको छ।

बुधबारको तुलनामा बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि समान रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *