समाचार

चिर्पटले प्रहार गरी भाईले गरे दाजुको हत्या

भोजपुर / भोजपुरको अरुण गाउँपालिका-६ धाउखानीका १८ बर्षीय डिक बहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको घर मै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *