समाचार

किसानलाई कृषि महाेत्सवमा सहभागी हुन पनौती नगरकाे अनुराेध

माघ २९साेमवार  ,२०८०
काभ्रेपलान्चोक । पनौती नगरपालिकाले “बृहत काभ्रे कृषि महाेत्सव २०८०” मा सहभागी हुन नगरवासी किसानहरुलाई  अब्हान गरेको छ। “बजारमुखि एवम् निर्यात याेग्य कृषिकाे उत्पादन र समुन्नत तथा समृद्ध काभ्रेको अभियान” भन्ने मुल नारा सहित फाल्गुन ४ गतेदेखि सुरु लागेकाे काभ्रे  कृषि महाेत्सवमा उल्लेख्य सहभागीता जनाउन कृषि तथा पशुपन्छि  शाखा पनौती नगरपालिका कार्यालयले किसानलाई अपिल गरेको हो ।

जिल्ला समन्वय समिति काभ्रेको संयाेजन, कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे प्राविधिक सहयोग र काभ्रे उद्योग बाणिज्य संघकाे आर्थिक व्यवस्थापनमा यहि फाल्गुन ४ गते देखि ७ गतेसम्म चल्ने महाेत्सवमा आफ्ना उत्कृष्ट कृषि तथा पशुजन्य उत्पादन प्रदर्शनि तथा विक्रिका माध्यमबाट सहभागिता जनाउन सुचना प्रकाशित गरि जानकारी गराएको छ।

सुचनामा भनिएको छ, ” कृषकका उत्पादहरु प्रदर्शन र विक्रि गर्ने सुनौलाे अबसर भएकोले महाेत्सवमा सहभागी हुन चाहाने कृषकहरुले  कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल धुलिखेल वा कृषि तथा पशुपन्छि शाखा पनौती नगरपालिकाकाे कार्यालयमा सम्पर्क गर्नु हाेला ।”

महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पौडेलद्वारा समउदघाटन गर्ने कार्यक्रम रहेको छ। महाेत्सवकाे सम्माननिय राष्ट्रपति देखि मन्त्री, सांसद , मुख्य मन्त्री , सांसद तथा विदेशि नियाेगका पदाधिकारी लगायत थुप्रै पाहुनाहरुले अवलोकन गर्ने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *