समाचार

१० बर्ष अघि लिएको लाइसेन्स दोस्रो पटक नविकरण गर्न जाँदा ट्रायल फेल !

काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका-८ का मणिराम बनियाँले २०६६ सालमा सवारी चालक अनुमति-पत्र लिए। उनले १ पटक लाइसेन्स नविकरण गरिसकेका छन् । लाइसेन्स लिएर उनले सवारी सधान चलाउन थालेका १० बर्ष पूरा भयो । तर, अहिले लाइसेन्स नविकरण गर्न भक्तपुरको यातायात कार्यालय जाँदा सर्भरले फेल देखाएको भन्दै उनलाई एकान्तकु नास्थित यातायात कार्यालयमा पठायो ।

तर, एकान्तुकनास्थित यातायात कार्यालयमा जाँदा पनि उनको सवारी चालक अनुमति–पत्र नविकरण भएन। उनको लाइसेन्स नम्बरमा सर्भरले फेल देखायो । २०६६ सालमा उनले ट्रायल पास गरेर, राजश्व तिरेरै लाइसेन्स लिएका थिए । त्यति मात्रै होइन,२०७१ साल मा नविकरण पनि भयो । तर, अहिले आएर फेल भन्दा उनी अच्चममा परे । त्यसपछि उनी १८ नम्बर कोठामा गएर आफूले ट्रायल दिँदाको ढड्डा खोजे ।

ढड्डामा उनी ट्रायल पास लेखिएको छ । त्यसपछि १८ नम्बर कोठाका कर्मचारीले माथिल्लो तलामा गएर फोटोकपी गरेर ल्याउन भने । उनी फोटोकपी कक्षमा पुग्दा त्यहाँका कर्मचारीले उक्त पानामा ३ वटा हस्ताक्षर हुनुपर्नेमा एउटा मात्र हस्ताक्षर भएको ‘फोटोकपी गर्न नमिल्ने कुरा बुझ्नु भएन’ भन्दै थर्काए । उनले पनि उक्त पानामा यातायात व्यवस्था कार्यालय र ट्रफिक प्रहरी दुई निकायका कर्मचारीको हस्ताक्षर हुनुपर्नेमा एक जनाको मात्रै भएकोले केही गर्न नक्ने बताए ।

उनले पनि कार्यालय प्रमुख सँग भेट्न भने । कार्यालय प्रमुख डम्बर बहादुर चन्दले पनि हस्ताक्षर नभएको भन्दै नविकरण नहुने दोहो–यााए । कार्यालय प्रमुखले १४ नम्बरमा गएर बुझ्न भने । उनी १४ नम्बरमा पुगे । १४ नम्बरमा जाँदा उनको ट्रायल भएको दिनको विवरण सर्भरमा चढाउँदा सबैको फेल भनेर चढाएकाले अहिले फेल देखाएको जवाफ पाए ।

ट्रायल दिदाँको दिन फिल्डमा खटिएका कर्मचारी वा ट्राफिक प्रहरीले हस्ताक्षर नगरेको कारण सर्भरमा चढाँउदा फेल चढाइदिएपछि मणिरामसँग अब फेरी ट्रायल दिएर पास हुनुको विकल्प नभएको देखियो । यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको गल्ती को शिकार मणिरामहरु भइहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *