समाचार
डा. केसीको अनशन पाँचौँ दिनमा : सरकारले दिएन वार्ताको चासो
काठमाडौं : डिकल कलेजहरूले विद्यार्थीसँग असुलेको बढी रकम फिर्ता लगायत माग राख्दै १७औँ अनशन थालेका डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने चासो नै देखाएको छैन। अनशनको चौथो दिन बिहीबार डा. केसीको स्वास्थ्य भने झन् बिग्रिँदै गएको छ । आजको नया पत्रिका दैनिकमा खबर छ ।
डा.केसीको स्वास्थ्य अस्थिर देखिएको उपचारमा संलग्न चिकित्सक डा. जितेन्द्र कँडेलले बताए। रक्तचाप तलमाथि भइरहेको र बुधबारदेखि पिसाबमा बढेको एसिटोनको मात्रा नियन्त्रणमा नआएको उनले बताए । चिसोका कारण स्वास्थ्य समस्या बढेको उनले बताए । डडेल्धुरा सदरमुकामको एक घरमा अनशन बसिरहेका केसीलाई जिल्ला अस्पताल सार्नुपर्ने सुझाब चिकित्सकहरूको छ ।
यसैबीच, केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै बिहीबार डडेल्धुरामा दबाब -याली निकालिएको छ। सहभागीले डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार चिकित्सक व्यवस्था गर्नुपर्ने, जिल्लामा मेडिकल कलेज सञ्चालनको निर्णय गर्नुपर्नेलगायत माग गरेका छन। केसी को जीवन रक्षासँगै उनका सम्पूर्ण माग पूरा गर्न पनि दबाब दिएका छन् ।


