समाचार

भोजपुरमा नयाँ विमानको सफल परिक्षण उडान

भोजपुरको टक्सार बिमानस्थलमा नेपाल एयर लाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ । नेपाल एयर लाईन्सको नयाँ बिमान (वाई वाह्र)ले बुधबार परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

अबका दिनमा जहाजले आवश्यकता अनुसार उडान भर्ने नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिए ।

वाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ। नयाँ जहाजको १७ जनाको सिट क्षमता रहेको निगमको भनाई छ ।

अहिले नेपाल वायुसेवा निगमको ट्वीन्अटर जहाजले भोजपुर–काठमाडौं बुधबार बाहेक हप्तामा ६ दिन र भोजपुर विराटनगर हप्तामा दुई दिन आइतबार र विहिबार उडान भर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *