समाचार
कतारको जेलमा रहेका बिनोद रानाभाट ८२ लाख रुपैयाँ बुझाएर आइपुगे नेपाल
काठमाडौं – कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट स्वदेश फर्किएका छन्। ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं। ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृ त्यु हुन पुगेको थियो ।
त्यसपछि उन लाई घटना लगत्तै कतार पुलिसले प उ गरी ओक्रा जे लमा राखी मु द्धा चलाएको थियो । मु द्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्ल ड मनीका रुपमा ८२ लाख रुपैयाँ बुझाउनुपर्ने भएपछि सवै संग सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो।

