समाचार
यस्तो शर्तमा छुट्ने भए ज्ञानेन्द्र शाही, प्रहरीले भन्यो पहिलो पटक भएर छाड्दैछौँ
काठमाडौँ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ परेका ज्ञानेन्द्र शाही शाहीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरीले माथिको आदेश आएसँगै सम्झाई बुझाई गरेर छाड्न लागेको स्रोतले जनाएको छ ।
शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले त्यही तयारी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा चन्दको भनाई छ ।
शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।



