समाचार

रविको रिहाईको माग गर्दै दाङमा प्रदर्शन, हजारौँको संख्यामा सर्वसाधारण सडकमा उर्लिए

दाङ । कार्यक्रम सिधा कुराका प्रस्तोता तथा सञ्चारकर्मी रवि लामेछोनेको रिहाईको माग देशभरका विभिन्न स्थानबाट भइरहेका बेला दागंको तुलसीपुरमा पनि विरोध प्रदर्शन गरिएको छ । रवि समर्थकले तुलसीपुर बजारमा आज विरोध प्रदर्शन गरेका छन् । सडकमा उत्रिएका प्रर्दशनकारीले निर्दोष रविलाई रिहा गर, दोषीलाई कारबाही गर, निश्पक्ष छानविन गर लगायतका नारा लगाउदै रविका समर्थकले तुलसीपुरका विभिन्न भागको परिक्रमा गरेका थिए । होटेलमा राखिएका सिसी टिभी गायव पारिनु, मोबाईलमा खिचेको भिडियो भाइरल बनाउनु यी सबै योजनाबद्ध भएको प्रर्दशनकारीको आरोप छ ।

यसैबिच पत्रकार शालिकराम आत्महत्या प्रकरणका रवि लामिछानेसहित आरोपीत सबैको बयान सकिएको छ । लामिछाने र युवराज कँडेलको बयान भर्खरै सकिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले बताए। अस्मिता कार्कीको बयान भने हिजो नै लिइएको हो। अबको केहीबेरमा थुनछेक बहस सुरु हुनेछ भने थुनछेक बहसपछि आजै उनिहरुलाई धरौटीमा रिहा गर्ने, सुद्ध तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागि आदेश दिनेछ। यसैबिच आज पनि बहस लम्बिएको खण्डमा अदालतको आदेश आज पनि नआउने सम्भावना पनी रहेको बताइन्छ । आरोपित ३ जनालाई नै आज बिहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको हो।

पुडासैनी गएको साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनको मोवाइलमा फेला परेको भिडियोको आधारमा प्रहरीले रवि सहित ३ जनालार्य नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेर प्रहरीले तीनैजनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ। मुलुकी अपराध संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *