समाचार

आज पनि सोच्नै नसकिने तरिकाले बढ्यो सुनको मुल्य

काठमाडौं–सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । र आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एक हजारले बढेर ७३ हजार ५०० मा कारोबार भएकोनेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेर तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको थिायो ।

पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *