समाचार
राधाकृष्णको अमर प्रेम : राधाको मृ*त्युपछि कृष्णले किन फुटाए बाँसुरी ?
काठमाडाैँ, ६ भदाै । भगवान् श्रीकृष्णको राधासँगको प्रेमको चर्चा आम हिन्दू समाजमा अहिले पनि महत्वका साथ हुँदै आएको छ। त्यो गहिरो प्रेम जुन विवाहमा भने परिणत हुन सकेन तर राधाको मृत्यु पछि भगवान श्री कृष्णले आफ्नो प्रिय वासुरी यसरी तोडे, जुन दोहोरिएर उनको मन र मुटुबाट त्यसपछि कहिल्यै पनि गुञ्जिएन ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व, हरेक कृष्ण मन्दिर हरुमा तीर्थालुहरु धुमधामका साथ भगवान श्रीकृष्णको विभिन्न रुपको पूजा-आराधना गरिरहेका छन् । तर कृष्णको पूजा गर्दा राधाको नाम नलिँदा अर्थात् उनको पनि पूजा नगरिँदा कृष्णको पूजा-आराधना अपुरो मान्ने गरिन्छ । तर कृष्णको पूजा गर्दा उनीसंगै वैवाहिक बन्धनमा बाँधिएका रुक्मिणी र सत्यभामाको भने पूजा गर्ने चलन छैन । अचम्म थप यो छ कि कृष्णको पूजा गर्दा राधाको नाम नै अगाडि लिने गरिन्छ ।
कृष्णको नाममा बनेका अधिकांश मन्दिरलाई पनि राधाकृष्ण नामले नै सम्बोधन गर्ने पनि गरिन्छ । बाल गोपालको बाल्यकालको अधिकांश समय राधासंग नै वित्यो । उनीहरु बाल्यकालका हरेक कृयाकलापमा कहिल्यै पनि छुटेनन् , कृष्णले जति बाँसुरी बजाए बाल्य कालमा त्यो सबै राधामा समर्पित थियो । राधाकृष्णको यही उमेरदेखि आरम्भ भएको प्रेम अन्तसम्म कायम रहयो जुन आज पनि संसारका लागि एउटा सन्देश बनेर जीवन्त छ । तर यति सबै हुँदाहुँदै पनि अचम्मको पक्ष यी दुबै एक भने कहिल्यै भएनन अर्थात यी दुई जोडीको विवाह भने हुन सकेन ।
किन राधा र कृष्णको नाम सँगै लिइन्छ ? जब संसारमा प्रेम र त्यागको कुरा उठछ तब श्रीकृष्ण र राधाको नाम नै सदैव अगाडि आउछ। राधा र कृष्णको प्रेम सबै पक्षबाट पूर्ण थियो । यदी कृष्ण राधासंग थिएनन भने पनि उनीहरु अलग भने कहिल्यै भएनन । यही कारण आज आम हिन्दूले कृष्णको नाम लिदा राधाको नाम पनि श्रद्धाकासाथ संगै लिने गरिन्छ र भन्ने गरिन्छ – राधाकृष्ण ।
कृष्ण र राधाको पहिलो विछोड : बाल्यकाल देखि नै संगै रहेका राधा कृष्ण पहिलो पटक त्यति बेला अलग भएका थिए जब कृष्ण र बलरामा मामा कंशलाई भेटन पुगेका थिए । जति बेला उनले मामा कंशलाई मारेर आफ्ना माता पितालाई कंशको कारागारबाट मुक्त गरेका थिए । त्यसपछि कृष्णलाई वृन्दावन फर्कने अवसर भने जुरेन ।
यद्धपि वृन्दावन बाट हिड्ने बेलामा श्रीकृष्णले राधालाई अवश्य पनि भेटन आउने बचन दिएका थिए । राधाले यसबीचमा कैयौ बर्षसम्म श्री कृष्णको बाटो हेरे तर उनको चाहना पूरा हुन सकेन । यसबीचमा विधिको विधान पनि केही फरक पर्न गयो । उता कृष्णको विवाह रुक्मिनीसंग हुन पुग्यो । रुक्मिनीसंग विवाह गरेपनि कृष्णको मुखारविन्दबाट जहिले पनि राधाको नाम नै उच्चारण हुन भने छोडेन ।
राधाको पनि अर्कैसंग विवाह : धार्मिक ग्रन्थमा श्रीकृष्णले वृन्दावन छोडेपछि राधाको चर्चा कम भएको पाइन्छ । राधाले जहाँ पत्नीकोरुपमा आफ्नो कर्म निभाइरहदा भगवान श्री कृष्णले पनि संसारको कल्याणको काम गरि नै रहे । रुक्मिनीसंग को विवाह पछि कृष्ण लामो समयमा द्धारिकामा रहे र प्रजाको काममा मग्न बनिरहदा द्धारिकाधीश नामले पुकारिन थाले ।
जब द्धारिकामा कृष्णलाई भेटे राधाले : राधा र कृष्ण लामो समय सम्म संकेतको भाषामा नै कुरा कानी गर्ने गर्थे । शास्त्रमा वर्णन गरे अनुरुप राधालाई द्धारिकामा कसैले पनि चिन्दैन थे । राधाको अनुरोधमा उनलाई कृष्णले उनलाई कृष्णको दरबारमा देवीकोरुपमा नियुक्ति गरियो । राधा दिनभर दरबारमा रहन्थिन र दरबारको हरेक कामको हेरचाह गर्ने गर्थिन । यसबीचमा उनलाई मौका मिल्यो भने कृष्णलाई भेट्ने गर्थिन । तर दरबारमा उनलाई आध्यात्मिक अवसर कम जुट्दा खिन्न थिइन र एक दिन कसैलाई नभनी चुपचाप दरबार त्यागिन ।
अन्तिम समयमा राधालाई भेट्न पुगे श्रीकृष्ण : राधा कृष्णको दरबारबाट बाहिर त निस्किन तर कहाँ जाने भन्ने उनलाई केही मेसो थिएन। तर भगवान श्री कृष्ण यो सबै कुराको जानकार थिए । समय विस्तारै विस्तारै घर्कदै गयो र राधा पनि आफ्नो अन्तिम समयमा एक्लै जीवन विताइरहेकी थिइन । जुन समयमा उनलाई भगवान कृष्णको आवश्यकता पर्न थाल्यो । राधा कुनै पनि तवरबाट श्रीकृष्णलाई देख्न चाहन्थे । तब भगवान कृष्ण पनि यही अवसरमा राधाको पुगे ।
भगवान श्रीकृष्णले तोडे बाँसुरी र फेरि कहिल्यै बजाएनन : कृष्णलाई आफ्नो अगाडि देखेर राधा औधी खुसी भइन। तर त्यो समय राधाको जीवनको अन्तिम समय थियो र उनी अन्तिम सास मात्र फेरिरहेकी थिइन। उनले आफ्नो प्राण त्यागेर संसारलाई विदाईको हात हल्लाउन मात्र बाँकी थियो । राधाको अवस्थाप्रति श्रीकृष्ण जानकार थिए र उनी पनि राधाको अवस्था देखेर उदास थिए । त्यसबेला श्रीकृष्णले राधालाई केही माग्न आग्रह गरेपनि राधाले इन्कार गरिन ।
श्रीकृष्णले दोहो¥याएर अनुरोध गरेपछि राधाले एक पटक बाँसुरी बजाइदिन आग्रह गरिन । राधाको आग्रह अनुरुप श्रीकृष्ण सुरिलो धुन निकाले बाँसुरी बजाए । बाँसुरीको मीठो धुनसंगै राधाले प्राण त्याग गरिन । भगवान् भएर पनि राधाले प्राण त्यागेको देखेर श्रीकृष्ण अति वेचैन बने । र , अति दुखित हुँदै बाँसुरी फुटाएर कोशौ टाढा फ्याकिदिए । जुन ठाउँ जहाँ राधाले आफ्नो अन्तिम सास सम्म श्रीकृष्णलाई पर्खिएका थिए जहाँ ‘राधारानी’ मन्दिर बनाइएको छ । जुन मन्दिर भारतको महाराष्ट्र राज्यमा छ अझै पनि देख्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्

