समाचार
म्याद थपिएपछि रविका वकिलले भने : अदालतले ठीक निर्णय गरेन
चितवन : वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी हि*रासतमा रहेका रवि लामिछानेसहित तीनजनालाई म्या*द थपिएकोमा अ*सन्तुष्टि जनाएका छन्। उनले हि*रासतमा राख्नुपर्ने कारण नभए पनि अदालतबाट म्याद थ*प गरिएको बताएका छन्। रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी आ*रोपीको तर्फबाट अ*नुसन्धानमा समस्या नहुने भए पनि म्याद थप गरिएको बताएका हुन्। अदालतको निर्णयमा अ*सन्तुष्टि जनाएका उनले यसरी म्या*द थप गरिएकोमा आश्चर्य व्यक्त गरे। उनका अनुसार सिसी क्यामेरा फुटेज र भिसेरा रिपोर्टबारेमा अ*नुसन्धान गर्नुपर्ने भएकाले बा*दीकातर्फबाट १० दिनको समय माग गरिएको थियो ।
रविका कारण थप अ*नुसन्धानमा अ*फ्ठ्यारो नआउने स्प*ष्ट देखिए पनि म्या*द थपिएको भन्दै उनले गुनासो गरे। पन्तले आ*रोपीले अ*नुसन्धानलाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नसक्ने अवस्थाबारे बहस गरे पनि ५ दिन म्याद थप गरिएको बताए । बा*दीका तर्फबाट जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले र प्रतिवादीका तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गरेका थिए । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की अ*नुसन्धानका लागि दोस्रो पटक अदालतबाट म्या*द थप गरिएपछि हि*रासतमै बस्नुपर्ने भएको छ ।
जिल्ला अदालतले ५ दिनको म्या*द थप गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्ष्कक दानबहादुर मल्लले बताए । रविसहित तीनजनावि*रुद्ध आ*त्मह*त्या दु*रुत्साहन अ*भियोगमा हि*रासतमा राखी अ*नुसन्धान अघि बढाइएको छ । पत्रकार पुडासैनी नारायणगढ स्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा गत साउन २० गते झु*ण्डिएको अवस्थामा मृ*त भेटिएका थिए।



