समाचार
प्रेमीसँग ठूलो ढुंगामा बसेकी महिलाको त्यही ढुंगाले किचेर घटनास्थलमै गयो ज्यान, प्रेमी अस्पतालमा भर्ना
काठमाडौं । स्पेनको मायोर्कामा समुद्रको किनारमा रहेको विशाल पत्थरमा प्रेमीसँग बसेकी एक युवतीको त्यही पत्थरले किचेर मृत्यु भएको छ । पत्थरमाथि प्रेमीसँग बसेर सूर्यास्तको दृश्य हेरिरहेका बेला ढुंगाले किचेको थियो । यो जोडी लगभग ५० किलोको पत्थरमाथि बसेका थिए ।
उनीहरू पत्थरबाट चिप्लिए अनि पत्थर गुडेर महिलालाई किच्न पुगेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । पत्थरले प्रेमीको दुवै गोडा किच्यो । तर उनले आफ्नो गोजीबाट फोन निकालेर आपतकालीन सेवालाई फोन गरे अनि आफू फसेको ठाउँमा बोलाए ।
पत्थर उठाउनका लागि कैयौं यन्त्र प्रयोग गर्नुपरेको थियो । त्यसपछि घाइते युवकलाई र उसकी प्रेमिकाको शरीरलाई निकाल्न सकिएको थियो । मृत महिला स्पेनी मुख्यभूमिबाट प्रेमीलाई भेट्न मायोर्का पुगेकी थिइन् । प्रेमीलाई पाल्मास्थित सोन एसपासेस अस्पतालमा भर्ना गरिएको बताइएको छ ।


