समाचार
नेपाल आइडलका प्रताप दास अमेरिका छाडेर फर्किए नेपालमै,बिहेकै दबाबले नेपाल फर्किएको खुलासा
कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाएका गायक प्रताप दास अमेरिका बसाई सकेर नेपाल फर्किएका छन।लामो अमेरिका बसाई सकेर उनि नेपाल फर्किए संगै एयरपोर्टमै समातिएका छन।मिडियाले उनलाई एक्कासी घेरे।अमेरिकाको केहि समय बसाईको रमाईलो अनुभब समेत उनले व्यक्त गरे।
घरमा बिहेको प्रेसरकै कारण उनि नेपाल फर्किएको पनि खुलेको छ।घरमा बाबा आमाले तत्काल बिहे गर भन्दै प्रेसर दिए पछि उनि नेपाल आएका हुन्।तर उनि भन्छन अहिले सम्म कुनै केटिलाइ भेट्न सकिन न पत्याउने केटिनै छन मलाइ।
अन्य समाचार:नियम विपरीत ‘हजार जुनिसम्म’ रिलिज
दशैं, तिहार, तीज र नयाँ वर्षबाहेक नेपाली फिल्म रिलिजका लागि शुक्रबार कुर्नु पर्ने नियम छ ।त्यसैले पनि यी अवसर बाहेक अन्य समय फिल्म रिलिज हुँदा शुक्रबार मात्र हुने गरेका छन् ।तर, फिल्म ‘हजार जुनीसम्म’ भने उक्त नियम बिपरित प्रदर्शनमा आएको छ । फिल्म आज रक्षा बन्धनको अवसर पारेर देशभर प्रदर्शनमा आएको हो ।

केही पहिले चलचित्र विकास बोर्डले बलिउड फिल्म ‘कलंक’लाई नेपालमा शुक्रबार मात्र फिल्म रिलिज भनेर रोकेको थियो । तर आज बिहिबारबाट प्रदर्शनमा आएको यो फिल्मलाई भने बोडले रोक लगाएको छैन ।यस बिषयमा कुनै कानुन नभएकोले कडा रुपमा आफु उत्रिन नसकेको बोर्ड अध्यक्ष केसव भट्टराइले बताए ।
‘म निर्माता संघमा हुँदा निर्माता संघ र चलचित्र संघको छलफलबाट हामीले नियम बनाएका थियौ । बिकाश बोडमा म आएपछि हिन्दी फिल्मले यो नियमि मिच्न खोज्दा रोकेको पनि हो’ अध्यक्ष भट्टराइले भने ‘अहिले नेपाली फिल्म नै उत्रिएपछि के गर्ने । कारबाही गर्न कानुन छैन ।’
यस बिषयमा निर्माता संघ र चलचित्र संघलाई पहिलै सजक गराएपनि बेवास्ता गरेका कारण आज फिल्म रिलिज भएको बोर्ड अध्यक्ष भट्टराइले खुलाए ।चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने बोर्डलाई आफुहरुले पहिले नै शुक्रबार मात्र फिल्म रिलिज गर्न लिखित अनुरोध गरेको बताए ।
‘हामीले राज्यको कुनै अंगलाई यसो गर्नु भनेर भन्न सक्दैनौ र मिल्दैन पनि’ अधिकारीले भने ‘यस बिषयमा बोडलाई हामीले अनुरोध भरिएको पत्र धेरै पहिले पठाएका छौ । सोही बिषयमा पटकपटक पत्र पठाउनु पनि पर्दैन ।’ कनुनको अभावमा पटक पटक यस्तो अवसथा आउने गरेको बुझेका आकाशले बोडले यस बिषयमा कानुन बनाएर उपयुक्त कदम चाल्नु पर्ने बताए । उनले थपे ‘ बोडले आवश्यक ठानेको सहयोग र सल्लाह दिन हामी तयार छौ ।’
‘हजार जुनीसम्म’ जनै पुर्णिमाको बिदाको ब्यवसायिक लाभ उठाउने उदेश्यले आज बिहीबार (साउन ३०) प्रदर्शनमा आएको हो । सरकारले यस वर्ष जनै पूर्णिमाको विदा दिएको छैन । धेरै पहिले यो मिति प्रदर्शन मितिको रुपमा प्रचार गरिएकोले पनि फिल्म आजै रिलिज भएको हुनसक्छ ।
यस बिषयमा निर्माता निर्देशक बिकाश आचार्यसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।गीतसंगीत र ट्रेलरले दर्शकमा क्रेज बनाउन सफल यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय छ ।
फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।फिल्मले मल्टीप्लेक्समा राम्रो सोज हात पारेको छ । अधिकांश सिंगल थिएटरमा रिलिज भएको छ ।फिल्मले सिंगल थियटरमा कल प्रदर्शन पाएपनि मल्टीप्लेक्समा भने बलिउडका दुई ठूला ‘मिशन मंगल’ र ‘बाटला हाउस’सँग स्पर्धा गर्नुपर्ने देखिएको छ ।



