समाचार
पोखरामा चोरी गरी काठमाडौमा पसल खोलेर विक्री गर्ने पसल संचालक थापा पक्राउ
पोखरा-कास्की प्रहरी पोखराका वडा कार्यालयहरुमा चोरी गर्दै हिड्ने एक जनालाई पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले काठमाडाण्डौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापालाई पक्राउ गरेको हो । प्रहरीले ९ वटा कम्प्बयुटर, ४ ल्यापटप अन्य चोरीमा संलग्न सामान सहित पक्राउ गरेको छ ।
पोखरामा चोरी गरे थापाले काठमाडौं १४ कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका रुपचन्द्र गोपालीलाई विक्रि गर्दै आएको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए । चोरीका सामग्री किन्ने गोपाली र कम्प्युटर सहित पक्राउ गरेर बुधबार नै प्रहरीले सार्वजनीक गरेको छ ।
उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरी रहेको एसपि कार्कीले बताए । पछिल्लो समय पोखराका महानगर पालिका ६ को वडा कार्यालयमा चोरी भएको थियो । पोखरा महानगरपालिकाका ३३ वटा वडा कार्यालय मध्ये ११ वटा वडामा चोरी भएको थियो । पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो । वडा कायालयबाट कम्प्युटरहरु चोरी हुने गरेको थियो ।

