समाचार
सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको भाउ
काठमाडौँ – आज आइतबार सुनको मुल्यमा कुनै परिबर्तन आएको छैन । शुक्रबार प्रतितोला ७० हजार रुपैयामा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज परिबर्तन नभई सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६९ हजार ७ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्यमा पनि परिबर्तन आएको छैन । आज चाँदी प्रतितोलामा ८ सय २५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
