समाचार
बाँदर लखेट्ने क्रममा भीरबाट लडेर ३६ वर्षीय विजयको मृत्यु
अर्घाखाँची –अर्घाखाँचीमा बाँदर लखेट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिका–२, अमीलेका ३६ वर्षीय विजय केसी रहेका छन् । मंगलबार बिहान बाँदर लखेट्ने क्रममा भीरबाट लडेको स्थानियले बताएका छन् ।अर्घाखाँचीमा बाँदरले मकै खान थालेपछि कृषकहरु हैरान बनेका छन् ।

