समाचार

कुवेतमा लिभिङ टुगेदरमा रहेकी नेपाली महिलाको मृत्यु

कुवेतमा नेपाली महिला कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ बर्षिय मिनादेवी सार्की रहेको खुलेको छ। सार्की बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदरमा रहेको र नेपाली महिलाको मृत्युपश्चात उनी फरार रहेकाले उनले नै हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । सार्की कुवेतको फरवानिया स्थित ब्लक ३ को आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । उनको शव पोष्टमार्टमको लागि फरेन्सिक परिक्षणमा लगिसकेको छ ।यता कुवेत स्थित नेपाली राजदूतावासकी द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको तर हत्या हो वा मृत्यु के हो भन्ने बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *