समाचार
दाजु भाईको एउटै चितामा अन्त्येष्टी, शोकमा डुब्यो गाउँ, बलेन चुलो
सप्तरी : बैदेशिक रोजगारीमा जान खर्च जुटाउनका लागि १० दिन अघि मात्र बुवा सँगै मजदुरीका लागी काठमाडौं गएका दुई युवा (दाजु, भाई)को आईतबार मृ*त शरीर यहाँ आईपुग्दा अहिले शम्भुनाथ नगर पालिकाको पुरै कनकपट्टी गाउँ शो*कमा डुबेको छ । काठमाडौंको बलाजु स्थित मेलम्ची खानेपानी आयोजनामा मजदुरी पेशामा कार्यरत शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिव कान्तको सोही आयोजनामा काम गर्दै गरेका बेला दु*र्घटनामा परी ज्यान गएपछि गाउँ शो*कमग्न भएको हो ।
शोक मनाउन तथा घटनाको छानविन र मृ*तक परिवारलाई क्षतिपुर्ती दिलाउन दवाव स्वरुप कनक पट्टी बजार र विद्यालय बन्द गरिएको स्थानिय व्यवसायी तेज नारायण चौधरीले बताए । बुवा रामविलाश र आमा रामबत्तीको सन्ताको नाममा दुई मात्र छोराको यसरी ज्यान गएपछि उनको घरनै उजारिएको छ भने सिङ्गो गाउँ नै स्त*ब्ध बनेको छ । बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार दिउँसो शिवकान्त र सुरेशको ज्या*न गएको थियो ।
‘टयांकीको ढलान खोल्न सुरुमा सुरेस पाईप भित्र पसेका थिए उनी भित्रै ढलेपछि उद्वार गर्न गएका कान्छो छोरा शिवकान्त पनि भित्रै ढले। भक्कानिदै वुआ रामविलाशले भने, ‘हो हल्ला गरेपछि जम्मा भएका स्थानिय, प्रहरी र डोजरको सहयोगमा उद्वार गरी दुवै छोरालाई महराजगंज शिक्षण अस्पताल पुर्याए तर डाक्टरले दुवै छोरालाई मृत घोषणा गरे ।’
उनले सासै फेर्न नसकिने जोखिम पूर्ण ठाउँमा आयोजनाका सुपर भाईजर अमृत सरले सिकारु दुवै छोरालाई पु-याएर जानाजानी ज्यान लिएको गुनासो गरे । उनले सुपर भाईजरलाई सवैले अमृत सर भन्ने गरेको र आफुलाई उनको पुरा नाम थर भने थाहा नभएको बताए ।बालाजु स्थित सो आयोजनामा रामविलाश भने दुई महिना अघिदेखि नै काम गर्दै आएका थिए ।
आईएड पढदै गरेका जेठा छोरा सुरेश र यसै वर्ष एसईई परिक्षा पास गरेको कान्छो छोरा शिवकान्तले १० दिन अघि मात्र बैदेशिक रोजगारमा जान खर्च जुटाउन केहि दिन तपाईसँगै काम गर्छु भनेपछि सँगै लिएर काठमाडौं पुगेको बुवा रामविालशले सुनाए ।उनको दुवै छोरा रोजगारीका लागी विदेश जाने तयारीमा थिए । भिसा नआएकाले तत्काल आवश्यक खर्च जुटाउन केही दिन काठ माडौंमा सँगै काम गर्न छोराहरुले गरेको आग्रह लाचारीबस स्वीकार्दै काठमाडौं ल्याएको र सुपर भाईजरलाई भनेर काम लगाईदिएको रामबि लाशको भनाई छ ।
‘तर सुपरभाईजरले जो खिमपूर्ण काममा लगाएर हाम्रो बंश नै समाप्त पारे’ उनले रुदै सुनाए ।१० दिन अघि मात्र केही दिनमै पैसा कमाएर फर्किन्छु अनि रोजगारीका लागी विदेश जान्छु भनेर गएका दुवै छोराको मृ*त शरीर घर आईपुगेपछि श*ब देखेपछि आमा रामबत्ती मात्र होईन आफन्तहरु पनि बे*होस हुन थाले ।उनीहरुलाई सम्हाल्न छिमेकी र गाउँलेहरुलाई हम्मे हम्मे परेको थियो । आईतबार विहान गाउँभरी चुलो बलेन । कसैले केही खाएनन् ।
श*व घाटमा पुर्याउन सवै व्यस्त दिए । स्थानिय समाजसेवी एवम राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादवले दुखद घटनाका कारण गाउँमा चुलो नबलेको बताए। उनले एक प्रेस विज्ञप्ती मार्फत दुखदायी घटनाका जिम्मेबार सुपरभाईजर माथि छानविन र कार्यवा ही तथा मृतक परिवारलाई सरकारले उचित क्षतिपुर्ति दिनु पर्ने माग समेत गरेका छ । यसैविच मृतक दाजुभाईको आईतबारै हिं*न्दु धर्म संस्कार अनुसार एउटै चितामा अ*न्त्येष्टी गरेको छ । साभार श्राेतः राजधानी दैनिक
प्रतिक्रिया दिनुहोस्


