समाचार

मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहकाे मृत्यु भएकाे हाे।

उनीहरु सहोदर दाजुभाइ हुन्।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यहीँ अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।

डीएसपी राणाका अनुसार अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलाइ तत्काल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पतालले दुवैलाइ मृत घोषणा गरेको उनले बताए। अहिले उनीहरूको शव शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *