समाचार
हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल साउन १४ गते । मंगलबार ।
काठमाडौं : वि.सं.२०७६ साल साउन १४ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि त्रयोदशी,१८ घडी ०१ पला ,दि उसो १२ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र आद्रा,२५ घडी ५१ पला,दिउसो ०३ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु ।
मेष : गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भए पनि वढिनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनु होला । व्यापार व्यावसायमा लगानि गरे पनि नाँफा कमाउँँन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।
बृष : स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । तयारि बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।
मिथुन : समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिने छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।
कर्कट : सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाई लेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ। स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जाने छ । व्पापार व्यावासायमा मन्दि आउने भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
सिहं : आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु परा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसाय बाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुने छ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
कन्या : स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ। जग्गा तथा सवारि साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला। राजनिति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाईमा भने बिद्यार्थि बर्गहरुले अलि बढि ध्यान दिए सफलता हात पार्न सकिनेछ ।
तुला : साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
बृश्चिक : अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नु होला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।
धनु : उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ। सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन्। भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मकर : कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ। पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला। रकम लागनि गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
कुम्भ : सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ। सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुने । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
मीन : सवारि साधनको व्यापार व्यावसायमा अलि बढि मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनिति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । तपाइको दिन शुभ रहोस ।
प्रतिक्रिया दिनुहोस्


