समाचार
तेजस रेग्मकिो नयाँ तीज गीत ‘भमराको हुल’
काठमाडौँ- नयाँ तीज गीत भमराको हुल सार्वजनिक भएको छ । सार्वजनिक गीतमा तेजस रेग्मी र गायिका प्रतिक्षा वाग्लेको स्वर रहेको छ ।
गीतमा तेजस रेग्मीकै शब्द संगीत रहेको छ भने संगीत संयोजन आशिस अबिरलको रहेको छ । शिव बिकको निर्देशन रहेको भिडियोमा तेजस रेग्मी, पूजन घिमिरे, सुनिल शाही, रालिना ठकुरी को अभिनय रहेको छ ।
अजय रेग्मीले छायांकन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोलाई मन पराइएको छ ।



