समाचार

भाग्य न्यौपाने केहि दिनकालागि युरोपमा , चर्चित समाजसेवी सुनिता गुरुङ्संग भेट

चर्चित युट्युबर तथा तात्तातो ख़बरका प्रमुख भाग्य न्यौपाने केहि समयकालागि युरोपको विेशेष टुरमा जानु भएको छ । नेपाल लगायत विश्वभर न्यौपानेका लाखौ फ्यानहरु छन् । युरोपका बिभिन्न देशहरुको विकास बारे अबलोकन गर्ने कार्यक्रमपनि रहेको छ ।

भाग्य न्यौपाने आवाज विहिनहरुको आवाज हुन् । उनले नेपाल लगायत विदेशमा बस्नुहुने धेरै नै दुखी मनहरुको घाउमा मलहम लगाउन सफल हुनुभएको छ ।उनले जर्मनी र बेल्जियमका धेरै नेपालीहरुसंग भेट गरिसकेका छन् ।चर्चित समाजसेवी सुनिता गुरुङ्संगपनि भेटघाट भएको हो । महान समाजसेवी सुनिताकै फ़ेसबुक लाईभ मार्फत भाग्य न्यौपानेले सबैलाई संबोधन गर्नुकासाथै कमेन्ट पढेर आफ्नो महानता देखाउनु भएको हो ।

यति सानै उमेरमा समाजकालागि उदाहरणिय काम गरिरहने भाग्य साच्चिकै भगवानको अवतारमा जन्मेका हुन भनेर धेरैले सम्झन्छन् । युरोपबाट देशकालागि संदेशमुलक भिडीयोहरुपनि अपलोड गरिने छन् । त्यहाको विकास , नेपालीहरु ज्ञान र अनुभवहरु लगायत सुन्नैपर्ने आवाजहरुपनि समेटिने कुरा ओएस नेपालका चर्चित संचारकर्मी एचबी ताम्राकारसंग भाग्य न्यौपानेले जानकारी दिनुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *