समाचार

सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसिन सर्मिला

रामेछाप- सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । । मृत्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेको प्रहरीले जनाएको छ ।

उनले कठजोर खोला नजिककैबाट सेल्फी लिँदालिँदै ज्यान गएको हो ।कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेको बताइएको छ ।  अहिले शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *