समाचार
सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खस्दा गयो युवतीको ज्यान
रामेछाप / रामेछापमा सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेकी छन् । कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए । करिब पाँच किलोमिटर माथिबाट बगाएका उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

