समाचार
सडकमा सवारी गुडाइनसक्नु, शुल्क छोइनसक्नु
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना जारी गरेर शत प्रतिशत सवारी प्रयोग शुल्क वृद्धि गरे पनि सडकको दुरवस्था फेरिएको छैन । सर्व साधारणको ढाड सेक्ने गरी सरकारले उपभोग शुल्क वृद्धि गरे पनि सडकको मर्मत सम्भार र गुणस्तर वृद्धिमा भने कम चासो छ ।
सरकारले कर उठाउन शुल्क वृद्धिमा ध्यान दिने तर सडकको उचित मर्मत सम्भार र सर सफाइमा चासो नदेखाउँदा सर्वसाधारण समेत आक्रोशित बन्ने गरेका छन् । नेपाल भर सार्वजनिक सडकको दुरवस्थाकै कारण दुर्घटनामा समेत वृद्धि हुने गरेको छ भने सहज रूपमा आवत जावत गर्न सर्वसाधारणले पाइरहेका छैनन् । सडकमा रहेका खाल्डाखुल्डी र धुलो धुवाँले सर्वसाधारण हैरानीमा छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सडकको मर्मत सम्भार तथा गुणस्तरीय बनाउन सरकार निरन्तर रूपमा लागिरहेको बताए। ‘सबै सडक नराम्रा छन् भन्ने हैन, राम्रा पनि छन्, राम्रो बन्दै पनि आएका छन्,’ उनले भने, ‘सडक को गुणस्तर बढाउन सरकार निरन्तर लाग्दै आएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
