समाचार

काठमाडौँको टोखामा भीषण अागलागी, ८ वटा सटर जलेर नस्ट

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका १० मा आगलागी भएको छ । महानगरीय प्रहरीका अनुसार आगलागीबाट पसलका ८ वटा सटर जलेर नस्ट भएको छ ।  उक्त पसल टहरोमा सञ्चालित रहेको प्रहरीले बताएको छ । आइतबार राति लागेको आगो निभाउन दमकल पुगेको छ र दमकलले आगो निभाउने प्रयास गरेको बताइएको छ ।

आगो लागेको उक्त सटरमा किराना, फेन्सी, तरकारीलगायतका दर्जन भन्दा बढी पसल सञ्चालनमा रहेको जनाइएको छ । आगलागीको कारणले भने नसकेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *