समाचार

विप्लव समूहका सेक्रेटरी पक्राउ

विराटनगर- नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी मोरङको केराबारी गाउँपालिका-३ का भएका दीपक राई पक्राउ परेका छन्। ४५ वर्षीय राईलाई बिहीबार प्रहरीको विशेष टोलीले केराबारी- ३ बाटै पक्राउ गरेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दिए।

उनका अनुसार राईलाई एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। सरकारले प्रतिबन्ध लगाएपछि राई आफ्नो घर छाडेर भूमिगत बनेका थिए। अधिकारीका अनुसार आफ्नो घरमा नआए पनि सोही ठाउँको कुनै एउटा घरमा उनी सेल्टर लिएर बस्ने गरेको सूचना प्रहरीमा थियो।

त्यही सूचनाका आधारमा पुगेको प्रहरीले राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ। बम विष्फोट, चन्दा आतंक, हतियार ओसारपसारलगायतका धेरै घटनामा ुविप्लवु समूहको नाम लिएर राई प्रस्तुत भएको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ।

मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा विप्लव समूहले गराएका विभिन्न घटनामा राईको संलग्नता रहेको खुलेपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए।उनी विरुद्ध कुन मुद्दा चलाउने भन्ने बारेमा यकिन हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *