समाचार

बबई नदीले बगाएका दुई जनाको जीवितै उद्धार

बर्दिया – बबई नदीले बगाएका दुई जनाको जीवितै उद्धार गरिएको छ । बर्दियाको खुन्तिपुरमा बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले बगाएको दुई जनाको सकुशल उद्धार गरिएको हो। बारबर्दिया नगर पालिका–११ खुन्तीपुरका रामभरोसे थारु र अर्का एक जनालाई बाढीले बगाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

बबई नदीले बगाएका दुवै जनाको सकुशल उद्धार गरिएको उहाँले बताउनु भयो । नेपाल रेडक्रस बर्दियाको उद्धार टोलीले डोरी र लाइफ ज्याकेटको सहायताबाट बगेको स्थानदेखि झण्डै २ किलोमिटर तल गुलरिया नगर पालिकाको भैँसाहीबाट रामभरोसे थारुलाई र अर्का एक जनालाई बालापुरबाट उद्धार गरिएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ।बबई नदीको चेपाङ्गमा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान पानीको सतह ५.४ मिटर पुगेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा बेलुका सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । २०७१ साल साउन ३० गते बबई नदीमा आएको बाढीले बर्दियामा जनधनको ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *