समाचार

काठमाडौंकाे ड्राइभिङ अनुभव:- राता गाडीहरु गुड्ने लाेकतन्त्र

सौरभ अर्याल 

काठमाडौंको सडकमा उभिएर हेर्दा लाग्छ” जसकाे लौराे उसैकाे भैंसी “भन्ने उखान मिल्दोजुल्दो रहेछ। साँझको टाइम थियो । सायद त्यस्तै ६ बजेको हुनु पर्छ।  म माेटर ड्राइभ गर्दै थिएँ। गाडीमा बजेको  एफ.एम मा सावनका महिना …… गीत बज्दै थियो

नेपाली पात्राे अनुसार श्रावन महिना विषेश महिना मानिन्छ ,त्यसैले  समय र मौसम अनुसारको गीत बजाएकाे  होला आरजेले।  तर सडकको माहोल गीत अनुसारको थिएन ।पानी पर्ने मौसम भएकोले काठमाडौ वरिपरिका डाँडा कालो बादलले घेरिएको थियो ।  कुनै पनि बेला पानी वर्षिन तयार थियो।

साँमपखकाे समय भन्दा अली धेरै अध्यारोले छाेपिसकेकाे थियो । मानिसहरु बासस्थान तर्फ लम्कन हतारमा थिए। दिनभरी काम र हाकिमको प्रेसरले शारीरिक र मानसिक रुपले थाकेको ज्यानलाई वर्षाबाट बचाउनु थियो । सबैलाई पानीमा नभिजिकन घर पुग्नु थियाे ।

एउटी महिला एक हातमा दुधे बालक र अर्को हातमा तरकारीको झोला लिएर सडक किनारमा उभिएकि थिइन्। उनी गन्तव्यमा पुग्ने बस कुरिरहेकी देखिन्थिन । उनकाे साथमा बालक र झाेला भएकोले बस तथा माइक्रोबसकाे छेउमा दौडेर जान सक्दैन थिइन् । जति माइक्रोबस आउँछ उति बस राेेक्नकाे लागि हात  हल्लाउने गर्थिन।

बीच सडकमा कुदिरहेकाे माईक्रोबसलाई के चाहियो र ?  सडक बीचबाट एकै चोटि किनारा च्यापी हाल्यो। ।  चालकले धन्न ब्रेक लगाउन भ्याए। नत्र बसकाे तिव्र गतिले दूर्घटनाकाे सम्भावना निम्त्याइ सकेको थियो । माइक्रोबसमा सुकेको ज्यान भएको सहचालक र उ भन्दा पछाडि विदेशकाे भिसा नलागेको पासपाेर्ट हातमा लिएर हेरिरहेको उदास मान्छेको के हालत हुन्थ्यो कुन्नी ? कथाले मागे अनुसार माइक्रोबसमा भिषा रिजेक्ट भएको एक युवा पनि थियो ।

माइक्रोबसकाे ब्रेक त लगाये तर मलाई रङ साइडबाट ओभरटेक गर्ने बाईक मजाले पेलिएछ पत्तै भएन । धन्न उसकाे र मेरो भाग्य राम्रै रहेछ। कुनै गम्भीर घटना घटेन।  दुई जनाको घुराघुर मात्र भयो । गाडीको सिसा चढाएकोले र साउन महिनाको गीत बजिरहेकाेले एक अर्काले के भनेर गाली गरियाे सुनिएन्। आपसमा हुने विवादले हामी दुइमध्य कसकाे दाँत भाचिने थियो थाहै थिएन । नत्र कुन डेन्टिस्टको भाग्य चम्किन्थ्यो।

काठमाडौंको सडकमा गाडी चलाउने भन्दा पनि ड्राइभिङ्ग सेन्स नभएका ड्राइभरले गर्दा हो जाम हुने ! यो दृश्य देखिरहेको मेराे बाँयापट्टि बसेर यात्रा गरिरहेकी मेराे श्रीमतीले आश्चर्य व्यक्त गरिन । हामी गफ गर्दैन थियौं त्यतिनै बेला एउटा २-३ करोड(२५०प्रतिसत कर सहित) पर्ने जीपले युटर्न हानी हाल्यो। महँगा गाडी चड्नेलाई ट्राफिक नियमकाे के डर? यत्तिकैमा एउटा ट्राफिक हत्तारीदै आएर गाडी साइड लगाउनुस भन्दै करायो।

” माईक्रोबसको आतंककारी व्यवहार र बाइक चालककोअभद्रले  कन्सिरी तातेको बेला फेरी अर्काे के? आपत आयो ” म एक छिन रणभुल्लमा परे । तर, सडकमा सबै सवारीसाधनलाई पाखा लगाउदै पल्याक पुलुक गर्दै राता बत्तीको गाडीहरुकाे लस्कर थियो ।

घर पुगि सकेको थिइन् । त्यो राता गाडीहरुकाे लस्कर त हातकाे माछाे चिप्लिए जस्तो कता पुग्यो कता !  मैले स्कुलमा पढेको थिएँ , यात्रा गर्दा गाडीको झ्यालबाट टाउको निकाल्नु हुदैन भनेर । तर त्यो लावा-लस्कर गाडीबाट आधाजिउ निकालेर सडकमा साइड -साइड भन्दै कराउदै हिंडेका थिए। मलाई आफ्नैले पढेकाे कुरामा पनि डाउट फिल भयो । कता कता स्कुलिङ नै गलत थियो कि भन्ने लाग्याे । हामी हेरेकाे हेर्यै भयौं ।

अन्ततः मनमनै लाग्यो १७ हजार जनता मरेर आएकाे लोकतन्त्र यही पाे  रहेछ। काठमाडौमा ड्राइभिङ गर्दाको सास्तीले मन दिक्दार भयो ।एकाएक नाक चिलायाे अनि माझि औंलाले नाक कन्याउदै माेटर चलाएर गन्तव्यमा पुग्नुकाे विकल्प थिएन।  अनी हिंडे। नेताले जनताकाे कल्याणमा काम गरून् भन्ने दिन छैन ,त्यसैले  पशुपतीनाथले हामी सबको कल्याण गरुन भन्नै पर्याे जय हाेस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *