समाचार

उत्तर कोरियामा चामल पठाउने अन्तिम तयारीमा दक्षिण कोरिया

सोल- दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ।गत महिना सोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रममार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो। उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो।

एकीकरण मन्त्रालयका उपप्रवक्ता किम युन–हानले भने– ‘दक्षिण कोरियाले यसै महिना (जुलाई) उत्तर कोरियालाई चामल उपलब्ध गराउँदैछ र आगामी सेप्टेम्बर महिनाभित्रै तोकिएको कोटा सबै उत्तर कोरिया पुगिसक्छ।’

उनले उत्तर कोरिया पठाइने पानीजहाज र अरु उपकरणको ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकाउन हाल गृहकार्य भइरहेको जानकारी दिए।

सन् २०१० यता उत्तर कोरियाका लागि चामल ढुवानी हुन लागेको यो पहिलो पटक हो। अति वर्षाका कारण खेतीबालीमा ठूलो क्षति भएका कारण त्यसबखत उत्तर कोरियाका निम्ति ५ हजार टन चामल उपलब्ध गराइएको थियो।

उत्तर कोरियाको स्थलगत भ्रमण गरेका विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनका विज्ञ तथा प्रतिनिधिहरुले सन् २००८ यताकै विषम मौसमी प्रतिकूलताका कारण खाद्य उत्पादनमा ठूलो असर परेको र करिब एक करोड मानिस अर्थात् कूल जनसंख्याको करिब ४० प्रतिशतलाई खाद्यान्नको ठूलो अभाव रहेको प्रतिवेदन दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *