समाचार

लिवियाली पूर्व प्रधानमन्त्री मौमदी जेलमुक्त

त्रिपोली । लिवियामा लामो समयसम्म राष्ट्रपति बनी सन् २०११ मा जनआन्दोलनको बलमा अपदस्थ शासक मोहमर गद्दाफी युगका अन्तिम प्रधानमन्त्री बग्दादी अल–मोहमौदीलाई स्वास्थ्यको कारण जेलमुक्त गरिएको अधिकारीले जनाएका छन् ।

मौमदीसहित आठ जनालाई लिवियाली जनताको आन्दोलनमा अन्धाधुन्ध बल प्रयोग गरी सयौँ नागरिकको ज्यान लिएको आरोपमा मृत्युदण्डको सजायँ तोकिएको थियो । उहाँ चार बर्षदेखि लिवियाली जेलमा रहँदै आउनुभएको थियो । उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० को समर्थन पाएको लिवियाली राज्य विद्रोहका समय मौमदीले गद्दाफीको विश्वासपात्रका रूपमा सरकारको नेतृत्व गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *