समाचार

काठमाडौंमा मेट्रो रेल चलाउन तयारी अघि बढ्यो

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ। सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो।

विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो। विभागका महानिर्देश बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए। प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्न प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *