समाचार
करिष्मा र सरोज खनालले चलचित्र क्षेत्रकै बद्नाम गरे, छवी र शिल्पाको सम्बन्ध पहिले नै शंकास्पद : प्रदिप उदय
काठमाडौं– नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमारर उदयले नेपाली सिने जगतमा नकारात्मक सोंच भएका मानिसहरुको बोलवाला रहेको बताएका छन् । अध्यक्ष उदयले मंगलबार सुत्र टिभीसँग कुरा गर्दै नकारात्मक सोंच भएका मानिसहरु सिने उद्योगमा भएसम्म सिनेमाको उल्लेख्य विकास हुननसक्ने बताएका हुन् ।
उनले पछिल्लो समय चलचित्र विकास बोर्डले वितरण गरेको राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रममा केही कमजोरी भए पनि चलचित्रकै कलाकारले त्यति हदसम्म उत्रिएर गरेको विरोध उपयक्त नभएको बताए । एउटा प्रतिष्ठित कलाकारको हैसियत बनाएका नायक सरोज खनाल र नायिका करिष्मा मानन्धरको प्रस्तुतिप्रति अध्यक्ष उदयले आपत्ति समेत जनाए ।
उनले सरोज खनाल र करिष्मा मानन्धरको काम चलचित्र क्षत्रकै लागि अशोभनिय भएको समेत बताए । यद्यपि, राष्ट्रि चलचित्र पुरस्कार वितरणको व्यवस्थापनमा त्रुटि भएकोमा भने उनी पनि सहमत देखिए । उनले राष्ट्रिय चलचित्र पुरस्कार वितरणमा अहिले मात्रै नभएर पहिलेदेखि नै विवाद उत्पन्न हुँदै आएको बताए ।
अब विवाद कम होस र पुरस्कार वितरण भव्य होस भन्नबा लागि विकास बोर्डले लाकारलाई बोलाएर छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले पछिल्लो समय निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलको झगडालाई नितान्त पारिवारिक झगडाको संज्ञा दिए । अध्यक्ष उदयले छवी र शिल्पाले मिल्नको लागि आफ्नो सहयोग मागे आफूहरु मिलाउन तयार रहेको बताए । उनले छवी शिल्पाको झगडा हुनुको मुख्य कारण उमेरको अन्तर भएको बताए । यद्यपि, यो कुरालाई मिलाउन दुबैले केही त्याग गर्नुपर्नेमा दुबैजनामा त्यागको अभाव देखिएको उनको भनाइ थियो । उनले झगडा जे भए पनि दुबैजनालाई मिलेर अघि बढ्न आग्रह समेत गरे ।


