समाचार

तेह्रथुमको छथरमा बर्षाकाे कारण ९९ घर जोखिममा, दर्जन बढी पशुचौपया बगायो

तेह्रथुम / तेह्रथुमको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकामा अबिरल बर्षाका क्षतबिक्षत बनेको छ । एकहप्तादेखी परेको अबिरल बर्षाका कारण गाउँपालिकाको ९९ सय घर जोखिममा रहेका छन । बर्षा सँगै आएको पहिरोले २ वटा गोरु १ वटा गाई,४ वटा बाख्रा र ४ वटा बंगुर पहिरोमा परी मरेको छन । छथर गाउँपालिकामा आज भएको भेलामा बिभीन्न निकायबाट संकलन भएको तथ्याङक सार्वजानिक भएको हो ।

प्रहरीचौकी,वडा कार्यालय, टोल बिकास समिती जनप्रतिनिधी रेडक्रस लगायतबाट र्सकलन भएको तथ्याङले गाउँपालिकाको सबै भन्दा उच्च जोखिम वडा नम्बर ५ ओख्रे रहेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । यो बिपत्तीको समयमा यो त्यो कोही नभनी सबलाई उद्धारमा जुटन गाउँपालिका अध्यक्ष तिगेलाले आग्रह गर्नु भयो । बर्षाका कारण सडक,घर,खानेपानीका मुहान बिजुलीका पोलका साथै अन्नबाली समेत क्षती भएको सुक्रबारे प्रहरीचौकीले जनाएको छ । मानबिय क्षती नभएपनी ठुलो मात्रामा धनको क्षती भएको गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताउनु भयो ।

उद्धारका लागी गाउँपालिकाले एउटा जेसिबी तयारी अबश्थामा राखेको जनाएको छ । अति जोखम भएको क्षेत्रमा जेसिबी तत्काल लैजान सक्ने अबश्था छैन । सडकहरुका खण्ड खण्डमा पहिरो झरेको छ । गाउँ गाउँमा बाढीले क्षती गरेको छ । बर्षाका कारण भएको बास्तविक क्षती र तथ्याङक संकलनका लागी वडा अध्यक्षहरु को संयाजकत्वमा सुरक्षाकर्मी,रेडक्रसकर्मी,संघ संस्थाका प्रतिनिधी र वडाका कर्मचारीलाई आजैबाट परिचालन गरीएको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताउनु भयो । क्षतीलाई बर्गीकरण गरी पुर्ण क्षती,उच्च जोखीम,जोखिम र सामान्यलाई अबश्था हेरी तत्काल आबश्यक सामाग्री प्रदान गरीने प्रबक्ता नेपालीले बताए ।

बर्षाका कारण सवारी साधान सञ्चालन नहुँदा यहाँ किसानले उत्पादन गरेको दुध दैनिक हजार लिटर क्षती हुँदा लाखौ रुपैयाँ गुमाउनु परेको किसानहरुले बताउने गरेका छन । कृषकले उत्पादन गरेको कृषीजन्य सामाग्री बिक्री बितरणका साथै ढुवानीमा समेत समस्या बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *