मनोरञ्जन

अनमोलका फिल्मले मारमार ब्यापार गरेका बेला छोरासँगै फिल्म खेल्ने भए भुवन, देखिनेभए यस्तो खतरनाक भूमिकामा

काठमाडौ -अब अभिनेता भुवन केसी भिलेनको भुमिकामा देखिने भएका छन् । निर्माता तथा निर्देशकका रुपमा चिनिने केसीले हालै फिल्म मिस्टर नेपाली’ को छायांकन सकेका छन् । धेरै फिल्मा अभिनय गरीसकेका केसी एक सफल निर्माता तथा निर्देशक रहेका छन् ।

केहि बर्ष देखि अभिनय क्षेत्रबाट टाढा रहेका उनि अब नँया चलचित्रमा छोरा अनमोल केसीसँग भिलेनको भुमिकामा देखा पर्ने भएका छन् । अब भने केसीले अनमोलसंग स्क्रिनमा देखिने भएका छन् ।

अब भुवन केसी र अनमोल अभिनित चलचित्रको छायांकन दशैँपछिबाट सुरु हुने बताइएको छ । यस चलचित्रलाई भुवनले आफै निर्देशन गर्ने भएका छन् । चलचित्र क्याप्टेन’ पछि केसीले यो चलचित्र होम प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *