मनोरञ्जन

शिल्पालाई सराप लाग्छ ‘वीराङ्गना’ निर्देशक भन्छन्

काठमाडौं, ३२ असार । गत शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘वीराङ्गना’ ले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकको राम्रो साथ मिलेको छ । अनुप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँको लिड रोल रहेको यो फिल्म देशभरका ७० बढी हलमा लागेको निर्माताको दाबी छ ।
शुक्रवार र शनिवारको सुखद कलेक्सनबाट उत्साहित देखिएको फिल्मको टीमले आइतवार राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिव्रेसन गरेको छ । खुसियाली मनाउन निर्माताहरु बाबुराम दास, श्यामबहादुर थापासँगै निर्देशक राजबहादुर साने र अभिनेता पृथ्वी उपस्थित थिए ।

निर्माता श्यामबहादुर थापाले आफ्नो लागि दर्शकबाट पाएको प्रतिक्रिया नै सबैभन्दा ठूलो कमाई रहेको बताए । उनले फिल्मको कलेक्सनबाट पनि सन्तुष्ट रहेको बताएका छन् । निर्देशक सानेले भने नेपाली फिल्म क्षेत्रमा ठूलो राजनीति हुने गरेकोमा दुखेसो पोखे ।

उनी भन्छन्, यसअघि वृन्दावनको पालामा पनि निकै दुःख पाएका थियौँ । वीराङ्गना’ मा पनि त्यो दुख दोहोरियो । हामी नयाँ भएका कारण सबैबाट अत्याचार भयो । तर त्यो दुःखलाई फिल्मको व्यापारले खुसी तुल्याएको समाचार फिल्मखबरमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *