मनोरञ्जन

‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । असोज ३ गतेबाट प्रदर्शन हुन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा प्रशस्त कमेडी रहेको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मको ट्रेलर हेर्दा फिल्म मनोरन्जनात्मक बनेको सजिलै अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय दर्शकलाई हलसम्म आकर्षित गर्ने बलियो हतियार ट्रेलरसँगै गीतसंगीत पनि बन्ने गरेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ को अहिले ‘दुबो फूल्यो’ गीतले राम्रै चर्चा बटुलिरहेको छ। यूट्युबमा ४० लाख बढी भ्यूअर्स बटुलिसकेको यो गीतका कारण फिल्म को इनिसियल व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

यो फिल्मले स्वजातिय विवाह र अन्त र्जातिय प्रेम सम्बन्धको अन्तरद्व*न्द्वको कथामा बनेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मसको निर्माण, सिनेमा आर्टको प्रस्तुति माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

फिल्ममा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *