समाचार
किन विवादमा फस्यो राष्ट्रिय पुरस्कार ? राष्ट्रिय चलचित्र अवार्डलाई चलखेल अवार्डको संज्ञा
राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट राष्ट्रिय पुरस्कार पाएर खुशी मनाइरहेका केही विजेताहरुको खुशी सकिन नपाउँदै चलचित्र विकास बोर्डले ३ बर्षको एकैपटक वितरण गरेको राष्ट्रिय चलचित्र पुरस्कार विवादित बनेको छ । राष्ट्रिय पुररस्कार अरु जस्तो होइन । यो विवादमा धेरै भन्दा धेरै कम पर्नुपर्छ ।
तर, यसपटक भने राष्ट्रिय चलचित्र पुरस्कार विवादमा पर्यो । विवादमा पर्नुको कारण अभिनेता सरोज खनालको एउटा स्टाटसदेखि विभिन्न कलाकारको आक्रोश हो । यो कार्यक्रममा नृत्य गरेका कलाकार सरोज खनालले कलाकारलाई बस्ने स्थान नभएपछि ट्वाइलेटको कम्बोडमा गएर बसेको भन्दै स्टाटसमा पोस्ट गरेपछि चर्चा भयो । यस अवार्डले कलाकारलाई किन यति वेवास्था गरियो भन्ने प्रश्न पनि उठेको छ । नृत्य गर्ने कलाकारलाई कम्बोडमा राख्न पर्ने अवस्था आएको देखेपछि फिल्मकर्मी आक्रोशित छन् ।


