समाचार
काठमाण्डौंवाट लामावगर जाँदै गरेको बस दुर्घटना , यस्तो छ घाइतेको अबस्था !
काठमान्डौ , दोलखाको भीमेस्वर नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् ।आज दिउँसो भीमेस्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारको पाखलतिमा बस दुर्घटना हुँदा १३ यात्रु घाईते भएका हुन् । दुर्घटनामा परी घाईते हुनेहरुमा कालिन्चोक गाउँपालिका ९ सुन्द्रावतिका सुदर्शन खतिवडा, सोही स्थानमा सुन्दरप्रसाद पाण्डे, बिगु गाउँपालिका ७ बिगुका पासाङ डोमा शेर्पा, बिगु गाउँपालिका ३ बुलुङका रामचन्द्र ठकूरी, सोही स्थानका बिष्णुवहादुर ठकूरी लगायत रहेका छन् ।
घाईते मध्ये ३ जना उपचार पछि घर फर्किएका छन् भने बाँकी १० जनाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र गौरीसँकर जनरल अस्पताल दोलखामा उपचार भईरहेको छ । घाईतेहरुको अनुहार, आँखा, हातखुट्टा लगायतका स्थानमा चोट लागेको छ ।घाईतेहरु सवैको अवस्था सामान्य रहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक मानवहादुर राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार काठमाण्डौंवाट लामावगरतर्फ जाँदै गरेको बा ४ ख ५१४९ नम्बरको बस स्टेरिङमा समस्या आएपछि सडकको घुम्तिमा मोडिन नसकिई भित्तामा गएर ठोकिएको हो ।


