समाचार

लगातारको बर्षाले पुल्चोक प्रहरी प्रभाग अगाडिको रूख ढल्यो, प्रभागको पर्खाल भत्कियो

काठमाडौं– काठमाडौं उपत्यकासहित देशशैभर लगातार बर्षा भैरहेको छ । वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भइरहेको छ । लगातारको बर्षाले ललितपुरमा रूख ढलेर सडक अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण ललितपुरस्थित पुल्चोक प्रहरी प्रभाग अगाडिको रूख ढलेको हो । प्रहरीका अनुसार रूख ढलेपनि कुनै मानवीय क्षति भने भएको छैन । पुल्चोकबाट मंगबजार जाने बाटोमा रुख ढलेका कारण सडक अवरुद्ध बनेको छ । प्रहरी प्रभाग परिसरभित्रै रहेको सो रूख सडकतर्फ ढल्दा प्रभाग कम्पाउण्डको पर्खाल भत्किएको छ। प्रहरीले अहिले ढलेको रुख हटाईसकेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *