बिचार/ब्लग
हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल असार २५ गते । बुधबार ।
ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७६ साल असार २५ गते । बुधबार । इस्वी सन् २०१९ जुलाई १० तारिख । नेपाल संवत् ११३९ । परि धावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि अष्टमी, ०४ घडी २६ पला,बिहान ०७ बजेर ०३ मिनेट उप्रान्त नवमी । नक्षत्र चित्रा,३७ घडी १६ पला,बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त स्वाती । योग शिव,२३ घडी १२ पला,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त सिद्ध ।
मेष : व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेको छ। पढाई लेखाइमा उल्लेख्य सुधार भएर जाने हुनाले अरूलाई निकै तल छाड्न सकिनेछ। आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ। माया प्रेम मा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ। पाहुना लागेर कतै जाँदा आदित्यको सत्कार तथा सम्मान पाइनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक रूपमा सुदृढ हुन सकिने हुनाले दैनिकी सहज रूपमा अगाडिका बढ्नेछ
वृष : विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ। पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मिथुन : अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलासी बस्तु उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।
कर्कट : माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । बिहानको समय राम्रो रहेकोले उपलब्धिमूलक यात्रा हुने योग रहेको छ ।
सिंह : छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिने छ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रिया कलापहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
कन्या : व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानी गर्ने वातावरण बनेर जाने छ । कार्य क्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।
तुला : समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुने छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । बिहानको समयमा लामो यात्रा हुने योग रहेको छ ।
वृश्चिक : कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । बिदशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्त ह टाढिनेछन् । बिहानको समय पढाइ लेखाइको लागी उत्तम रहेको छ ।
धनु : स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरू समयमा नबन्नाले मानसिक तनाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परि स्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा राम्रो प्रगति गर्न सकिनेछ ।
मकर : सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगार सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछैन भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ
कुम्भ : पढाई लेखाई विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुने छ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्ने छ । माया प्रेममा नजिक भई आफ्ना आवना साटा साट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहने छ । बिहानको समयमा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु होला ।
मीन : पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाँचो पर्ने छ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुने छ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ । तपाईँको दिन शुभ रहोस् ।
प्रतिक्रिया दिनुहोस्

