समाचार

रबि लामिछानेलाई अदालत लगियो, पत्नी निकिता पुगिन भरतपुर जिल्ला अदालत

काठमाडौँ, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्रकरणमा अनुसन्धानको घेरामा परेका रबि लामिछाने लगायत सहकर्मी युवराज कंडेल र अश्मिता कार्की आज पनि भरतपुर जिल्ला अदालतमा पेश भएका छन । हिजोदेखि आरोपीहरुको बयान सुरु भएको छ।

मृ*तक पुडासैनीले आफु आ*त्मह*त्या गर्नु अगाडी रेकर्ड गरेको भिडियोमा रबि लामिछाने लगायत तिन जनालाई आफ्नो मृ*त्युको मुख्य दो*षी ठहराएको कारण उनीहरु यस प्रकरणमा मुछिएका हुन् । तर रबिका समर्थकहरुले भने रविलाई फसाइएको बताउदै आएका छन ।

यदि आज पनि बयान सकिएन भने रबि लामिछाने लगायतलाई म्याद थप गरि अझै हि*रासतमा राख्ने अनुमति अदालतले दिन सक्ने सम्भावना छ ।

यसै बीच रबि पत्नी निकिता पनि भरतपुर जिल्ला अदालत पुगेकी छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *