समाचार
पोखरामा अवैध रुपमा बसोबास गरी हो–हल्ला गर्दै आएका पोल्यान्डका नागरिक पक्राउ
पोखरा । अवैध रुपमा बसोबास गर्दै आएका पोल्यान्डका नागरिकलाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा पोखरा बस्दै आएका राकोल मार्किन नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको हो ।
अवैध रुपमा पोखरा बस्दै आएका उनले लेकसाइड, खहरे र पृथ्वीचोकलगायतका क्षेत्रमा लागुऔषध तथा मादक पदार्थ सेवन गरि केही समय यता हो–हल्ला गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । नलाई पक्राउ गरी अध्यागमन कार्यालय पोखरामा बुझाईसकेको बताइएको छ ।

