समाचार

अविरल वर्षापछि आएको बाढीले बगाएका दुई अझै फेला परेनन्, खोजि कार्य जारी

गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

घाइते भोटेकोशी गाउँपालिका–५ का कामी तामाङ र भोटेकोशी–४ का तेम्वा चोक्याल शेर्पालाई आज बिहान हेलिकप्टरबाट काठमाडाँै लगिएको छ । घाइते दुवैको ललितपुरस्थित बिएण्डवी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बाढीले बगाउँदा २२ दशमलव २ मेगावाट क्षमताको सो आयोजनालाई क्षति पु¥याए पनि विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *